‘टेक एण्ड पे’ को प्रस्ताव उर्जा मन्त्रालयको होइनः उर्जामन्त्री दीपक खड्का
२२ जेठ, २०८२, बिहीवार
- बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर बैँक तथा वित्तिय संस्थाले जलविधुत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।
काठमाडौँ, २२ जेष्ठ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा ‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयले नगरेकोले संसोधनका लागि छलफल भइरहेको बताएका छन् ।
अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविधुत् आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर बैँक तथा वित्तिय संस्थाले जलविधुत् क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।
‘टेक एण्ड पे’ का कारण वित्तिय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव उर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,”– मन्त्री खड्काले भने ।
मन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,”– उनले भने ।
छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विधुत् निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने उनको भनाई छ । भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारण लाईनपनि विस्तार गर्नेगरी सरकार लागिरहेको उनले बताए ।
निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी उर्जा क्षेत्रमा बाधक रहेका कानुनलाई परिवर्तन गर्दै आगामी एक महिनाभित्र विधुत् ऐन ल्याउने तयारीमा मन्त्रालय लापगरहेको पनि उनले जानकारी दिए ।
मध्ये चमेलिया जलविधुत् आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गर्दैै उनले “आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाईन्छ, जति लामो समय भयो त्यति व्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न होस्, शुभकामना,”– उनले भने ।
कार्यक्रममा बोल्दै दार्चुलाका प्रतिनिधीसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विधुत् खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे ।
नेपाल बैँकको अगुवाईमा निर्माण हुन लागेको उक्त आयोजनामा नविल बैँकले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।